Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीमा एक एआईजी पद खाली

काठमाडौं । आईजीपी विरुद्धको मुद्धा हारेका नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको अवकाश सँगै नेपाल प्रहरीमा एकजना एआईजीको दरबन्दी रिक्त भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण शुक्रबारदेखि पोखरेलले अनिवार्य अवकाश पाएका हुन् ।

आईजीपी नियुक्ती बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका पोखरेल वैशाख १९ बाट प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् ।

उनले दायर गरेको रिट सर्वोच्च अदाललते असार ३१ मा खारेज गरेको थियो ।पोखरेलले साउन २ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । तर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राजीनामा अघि बढाएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077