Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चले आजदेखि शुक्रबार पनि पूरा समय सेवा दिने

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ । सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो ।

पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्न लागिएको हो ।

सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो।

अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्योट हुने विश्वास गरिएको छ।

अदालतमा गत वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन्। त्यस्तै, दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077