Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध : अर्थ र पर्यटनमा मोलमोलाइ, दर्जन सचिव दौडधुपमा

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयका सचिव सरुवा गर्ने एजेन्डा रहे पनि सचिव सरुवा प्रक्रिया अवरुद्ध बन्यो ।

बैठकबाट झन्डै ढेड दर्जन सचिवको सरुवा गर्ने तयारी गरिए पनि व्यापक विवाद भएपछि सरुवा प्रक्रिया अवरुद्ध भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अर्थ र पर्यटन मन्त्रालयमा कसलाई लैजाने भन्नेमा सत्तारूढ दल, मन्त्री र तिनका नेताबीच चरम विवाद भएपछि सचिव सरुवाको विषय टुंगोमा पुग्न सकेन ।

स्रोतका अनुसार अर्थ मन्त्रालयमा लैजाने सचिव मोलमोलाई र बार्गेनिङ भएपछि सचिव सरुवाको प्रक्रिया अवरुद्ध हुन पुगेको बताइएको छ । बिहीबार केहीको सरुवा भए पनि त्यसलाई शुक्रबार मात्रै अन्तिम रूप दिइने जनाइएको छ । साथै रिक्त रहेको पर्यटन मन्त्रालयमा पनि मोलमोलाइकै कारण नयाँ सचिवको निर्णय हुन सकेन ।

केही निकायमा सचिव सरुवाको निर्णय भए पनि त्यसलाई रातारात सच्याउनुपर्ने वाध्यताका कारण गोप्य राखिएको छ । बिहीबार राति अबेरसम्म सरुवा सूचीमा टिपेक्स लगाउँदै मिलाउँदै गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077