Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदाता नामावली संकलन आजदेखि स्थगित, पाँच वर्षमा थपिए साढे २७ लाख मतदाता

काठमाडौं । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै पत्रकार सम्मेलन गरेको आयोगले आजबाट मतदाता संकलन कार्य स्थगित भएको जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताए ।

तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा भोलि २१ गतेसम्म समय निर्धारण गरिएको उनले जानकारी दिए। २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावयता २७ लाख मतदाता थपिएका छन् ।

२०७४ सालको निर्वाचनपछि बिहीबारसम्मको तथ्यांकअनुसार २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन्। पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएको देखिन्छ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ सालको संघीय र प्रदेश सभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077