Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले भन्यो - ताइवान वरिपरि सैन्य अभ्यास गर्ने अधिकार चीनसँग छ

एजेन्सी । रुसले चीनसँग ताइवान वरिपरि ठूलो सैन्य अभ्यास गर्ने सार्वभौम अधिकार भएको बताएको छ ।

अमेरिकाले यस क्षेत्रमा कृत्रिम रूपमा तनाव बढाएको रुसले आरोप लगाएको छ ।

बेइजिङले आफ्नो सार्वभौम क्षेत्र मान्ने स्वशासित टापुमा अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको एक दिनपछि चीनले बिहीबार ताइवान वरिपरि धेरै मिसाइलहरू प्रहार गरेको थियो।

चीनको अभ्यासको बारेमा पत्रकारहरूको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, 'यो चीनको सार्वभौम अधिकार हो ।'

'न्यान्सी पेलोसीको भ्रमणले यस क्षेत्र र ताइवान वरपरको तनावलाई उक्साएको थियो,' पेस्कोभले भने, 'यो एक बिल्कुल अनावश्यक भ्रमण र एक अनावश्यक उत्तेजना थियो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077