Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • मिसेल कस्मेटिक्स कारखानामा छापा : करोडौंका नक्कली सामानहरु बरामद, कारखाना सिल

    मिसेल कस्मेटिक्स कारखानामा छापा : करोडौंका नक्कली सामानहरु बरामद, कारखाना सिल

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको कस्मेटिक सामान बनाउने कारखानामा प्रहरीले छापा मारेको छ ।

    बुधबार नयाँ बस्तीसर्बेश्‍वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रा.लि. नामको कारखानामा प्रहरीले छापा मारेको हो ।



    नक्कली कस्मेटिक्स सामानहरु उत्पादन गर्ने गरेको भन्ने सूचना प्राप्‍त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी बृत्त बौद्ध, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट संयुक्तरुपमा खटिएको टोलीले कारखानामा प्रहरीले छापा मारेको हो ।



    उक्त कस्मेटिक्स प्रा.लिबाट बिभिन्न कम्पनिका सौन्दर्य प्रसाधनका सामाग्रीहरू, नक्कलीरुपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त सामाग्रीहरू करोडौंको मूल्य बराबरको हुन सक्ने अनुमान गरिएको छ ।

    कारखानामा छापामारी पश्‍चात बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागद्वारा थप अनुसन्धानका लागि कारखाना सिल गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार