Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टोक्ने कुकुरलाई हँसियाले हानेर मारेको आरोपमा बराल पक्राउ

काठमाडौं । हँसियाले हानेर कुकुर मारेको आरोपमा तारकेश्वर नगरपालिका ४ कि एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै मिलिजुली टोलकी जुना बरालले बुधबार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मारेकी थिइन् ।

पशु अधिकारकर्मी इरफान खान सहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि प्रहरी वृत बालाजुले महिलालाई पक्राउ गरि हिरासतमा राखेको जनाईएको छ । महिलालाई कुकुर मार्न नहुने कानुनी व्यवस्थाबारे थाहा नभएको भन्दै मिलाउन खोज्दा स्थानीयबासिन्दा र पशु अधिकारकर्मीबीच विवाद समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077