Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • सप्तकोशी बाढीको डुबानमा फसेका २ हजार ४०० परिवारको उद्धार

    सप्तकोशी बाढीको डुबानमा फसेका २ हजार ४०० परिवारको उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 939
    SHARES

    उदयपुर । सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ ।

    बाढीमा फसेका बेलका नगरपालिका– ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४०० घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको हो ।



    कोशी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माइकिङ गरि सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएका छन् ।



    सप्तकोशीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार