Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशीमा पानीको बहाव थोरै घट्यो, बिहानैदेखि उद्धार जारी

उदयपुर । सप्तकोशी नदीमा पानीको सतह केही कम भएसँगै बाढी पीडितलाई उद्धार गर्न सजिलो भएको छ ।

पश्चिमी तटबन्ध भत्किएर कोशी नदीको बाढी मंगलबार बिहान उदयपुरको बेलका नगरपालिका क्षेत्रमा प्रवेश गरेको थियो। जसले गर्दा बेलकाका एक हजार पाँच सय परिवार प्रभावित भएका थिए ।

बाढीको जोखिममा रहेका परिवारलाई मंगलबार बिहानैदेखि सुरक्षित स्थानमा सार्न थालिएको थियो । केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने केहीलाई सार्ने काम जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।

उनका अनुसार हिजोको तुलनामा आज पानीको सहत घटेको छ। जसले गर्दा केही राहत महसुस भएको उनले बताए।

बेलका नगरपालिकाको डुम्रीकोटमा तटबन्ध कटान हुन थालेपछि नगरपालिकाले स्थानीय बासिन्दालाई घर छाड्न आग्रह गरेको थियो। पहिले नै सूचना जारी गरेकाले मानवीय क्षतिबाट जोगिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077