Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ट्राफिक प्रहरीले गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा

    ट्राफिक प्रहरीले गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज विहान गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।

    कारवाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् ।



    आज विहान मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारवाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई ट्राफिक प्रहरीले होल्ड समेत गरेको छ ।



    आरक्षण सिटको कार्यान्वयन नगर्ने ३९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने ५ ओटा माइक्रो र ३४ ओटा बसका चालकलाई कारबाही गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार