Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • युक्रेन पठाइदिन्छु भन्दै ठगी गर्ने मेरिगोल्ड ओभरसिजविरुद्ध मुद्दा दायर

    युक्रेन पठाइदिन्छु भन्दै ठगी गर्ने मेरिगोल्ड ओभरसिजविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । मेरिगोल्ड ओभरसिज प्रा.लीका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा मुद्दा दायर गरिएको छ । संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाइ ठगी गरेको भन्दै उजुरी विभागमा आएपछि वैदेशिक रोजगार न्यायाधीकरणको बबरमहलमा मुद्दा दायर गरिएको हो ।

    विभागले संस्थाका सञ्चालक रवीन्द्र कुमार श्रेष्ठ, भवानी प्रसाद कोइराला, याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ ।



    उनीहरुले ठगी गरेको ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सयको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति वापतको ९३ लाख ७ हजार ६ सय समेत गरि २ करोड ७९ लाख २२ हजार ८ सय पीडितहरूलाई दिलाउने गरी निवेदन दिइएको छ ।



    मेरिगोल्ड ओभरसिज प्रा.ली विरुद्ध वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधान अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार