Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको आयल निगमलाई १४ अर्ब भारु बुझाउन बाँकी छ: निगम प्रवक्ता

काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले मूल्य घटाउन नसकेको बताएका छन् ।

अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै उपाध्यायले निगम स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको बताउँदै ठूलो रकम बक्यौता रहेकाले माग पूरा गर्न नसकेको बताएका हुन् । उनले विद्यार्थी संगठनले गरेको माग अनुसार आयल निगमको अवस्थाबारे आज नै विज्ञप्ति सार्वजनिक गर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियू वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077