Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशी बाढी : उदयपुरका ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारियो

उदयपुर । अविरल वर्षापछि सप्तकोशीमा आएको बाढीको कटानबाट प्रभावित ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटबाट सप्तकोशी नदीको भँगालो बस्तीमा पसेको हो ।

५० मिटर लामो बाँध भत्काएर पसेको बाढी अहिले बेलका नगरपालिका–३ स्थित भाटेपुलमा पुगेको छ । नदी कटानका कारण प्रभावित ९ सय घरधुरीलाई सारेर सुरक्षित ठाउँतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सप्तकोशी बस्तीमा पस्दा करिब ४ हजार मानिस प्रभावित भएका छन् । कोसी बस्तीमा पस्दा बेलका नगरपालिका वडा नम्बर–८, ९, १ र २ का स्थानीय प्रभावित भएका छन् ।

करिब १५ सय मानिसलाई तत्काल सुरक्षित ठाउँमा सानु पर्ने स्थानीय प्रशासनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077