Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विप्लवलाई अनुचित मुद्दा लगाएर थुन्न खोज्नु राजनीतिक बेइमानी हो : एमाले महासचिव पोखरेल

दाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित नेताहरूविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउन कुरा उचित नहुने एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनको बोल्दै उनले यस्तो बताएका हुन्।

विप्लव नेतृत्व पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मूल धारको राजनीतिमा ल्याएको भन्दै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि प्रष्ट पारे।

उनले पुराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077