Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । अविरल वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा मंगलबार राति पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।

मौरीपुलको पहिरो सफा गरेपछि बुधबार बिहान सवा नौ बजेबाट दुईतर्फी नै सवारी चल्न सुरू भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार गए राति साढे दुई बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको थियो ।

मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077