Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • रुसले गर्‍यो युक्रेनी फौजको ‘एजोभ’ रेजिमेन्टलाई आतंककारी घोषणा

    रुसले गर्‍यो युक्रेनी फौजको ‘एजोभ’ रेजिमेन्टलाई आतंककारी घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । रुसी सर्वोच्च अदालतले युक्रेनको फौजी रेजिमेन्ट (एजोभ) लाई आतंककारी संगठन घोषणा गर्ने भएको छ । जसलाई रुसमा प्रतिबन्ध लगाउने अदालतले जनाएको छ ।

    गत मे महिनामा रुसको महान्यायाधिवक्ताको कार्यालयले सोही रेजिमेन्टलाई आतंककारी संगठन घोषणा गर्ने प्रस्ताव अघि सारे अनुरुप रुसको सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।



    अदालतको यस निर्णयसँगै अब मस्कोले हिरासतमा राखेका युक्रेनी युद्धबन्दीलाई आतंकवादको अभियोग लगाउन सक्ने छ ।



    दक्षिण पूर्वी युक्रेनी शहर मारियुपोलको प्रतिरक्षाका लागि प्रमुख भूमिका खेलेको एजोभलाई रुसी अधिकारीहरूले युक्रेनी सर्वसाधारणमाथि अत्याचार गर्ने संगठनको रूपमा चित्रण गर्दै आएका छन् ।

    तर रुसले भने आफ्नो अभियोग पुष्टि गर्ने खालका कुनै प्रमाण अझैसम्म पनि पेश गरेको छैन् । एजोभ रेजिमेन्ट युक्रेनको नेसनल गार्डको एउटा युनिट हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार