Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

चितवन । मुग्लिन–नरायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो ।

पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पहाडको ढिस्कोसहित पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एंव प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चले पनि फेरि पहिरो खस्दा ठप्प भएको छ । अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ ।

सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । विशेषगरी, बिरामी, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077