Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मनकामना केबलकार साउन २३ गतेबाट बन्द हुने

    मनकामना केबलकार साउन २३ गतेबाट बन्द हुने

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 858
    SHARES

    फाइल फोटो

    काठमाडौं । मनकामना केबलकार सेवा स्तरोन्नतिका लागि साउन २३ गतेदेखि बन्द हुने भएको छ ।

    अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको मनकामना केबलकारले जनाएको छ । स्तरोन्नतिका लागि ५–६ हप्ता लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।



    एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने पहिलो चरणको कार्यका लागि डोपेलमेर अष्ट्रियाबाट प्राविधिकहरू आउनले कम्पनीले जनाएको छ । प्रालिका अनुसार मर्मतको काम सकिन एक महिनाभन्दा बढी समय लाग्नेछ।



    प्रालिले केबलकार बन्द हुँदा भक्तजनमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । केबलकार बटम स्टेसनमा रहेका रेष्टुरेन्ट सेवा भने सञ्चालन हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार