Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • सप्तकोसी नदीमा पानीको सतह बढ्यो,उच्च सतर्कता अपनाउन आग्रह

    सप्तकोसी नदीमा पानीको सतह बढ्यो,उच्च सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    राजविराज । सप्तकोसी नदीमा पानीको सतह बढेपछि तटबन्ध छेउका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    पानीको अत्यधिक चाप रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र मध्यकोसीमा रहेको वडा नम्बर १३ गोबरगाढामा ‘हाई अलर्ट’ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जानकारी दिए ।



    उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको छ । एसपी काफ्लेका अनुसार मंगलबार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको छ । कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको छ ।



    पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए ।

    यस्तै कोसीमा पानीको सतह बढेसँगै कटान हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परतर्फ लागेको छ । उक्त वडाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार डलबास्थित स्परमा कटान लाग्दा स्थानीय त्रसित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार