Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देनको प्रस्ताव - गठबन्धन सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार बनाऔं

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् ।

निर्वाचनको घोषणापछि मौजुदा संसदलाई निरन्तरता दिन नहुने भन्दै उनले  निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुने बताए ।

‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ मंगलबार फेसबुकमा अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077