Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विराटनगर विमानस्थलबाट २० तोला सुनसहित सुनुवार पक्राउ

विराटनगर । विराटनगर विमानस्थलबाट सुनका गहनासहित मंगलबार एकजना पक्राउ परेका छन् ।

यति एयरलाइन्सको जहाजबाट काठमाडौं जान लागेका सुनसरी इटहरीका अन्दाजी ४५–५० वर्षीय कुलबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले लैजान लागेको २० तोला सुनका गहनासहित पक्राउ परेर सुनुवारलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सुनुवारले भने बैंकबाट तीन किलो सुन किनेको र केहीको गहना बनाएर काठमाडौं लैजान लागेको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077