Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणी नदीमा सतर्कता तह नजिक पुग्यो बाढी

चितवन । चितवन र नवलपरासी क्षेत्रमा भारी वर्षा भएको छ । मंगलवार बिहान ६ बजेसम्ममा सो क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षापछि नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको विभाग जनाएको छ।

नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि)नजिक पुगेको विभागले जनाएको हो ।

विभागले सो क्षेत्र तथा आसपासका क्षेत्रमा मंगलवार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077