विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना पुष्टि भएको छ ।
लक्षण देखिएपछि मुख्यमन्त्रीसहित उनका परिवारका सदस्य, सचिवालयका सदस्य, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।
त्यस क्रममा मुख्यमन्त्री राईसहित उनकी पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई कोरोना पोजिटिभ देखिएको हो।
मुख्यमन्त्रीसहित तीनै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
Leave a Reply