Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्न बोकेको जहाजले युक्रेनी बन्दरगाह छाड्यो

एजेन्सी । रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ ।

गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो ।

दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज सोमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ ।

टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जहाजको प्रस्थानलाई स्वागत गर्दै सम्झौता कार्यान्वयनमा काम गर्न टर्कीको भूमिकाको प्रशंसा गरे ।

यस्तै युक्रेनका पूर्वाधार मन्त्री अलेक्ज्यान्डर कुब्राकोभले फेसबुक पेजमा स्टाटस लेख्दै युक्रेनले साझेदारहरूसँग मिलेर विश्व भोकमरी रोक्न थप कदम चाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077