कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलसँग नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले भेट गरेका छन् ।
प्रहरी अस्पतालको उद्घाटन गर्न धनगढी पुगेका आईजीपी सिंहले मन्त्रीको कार्यकक्षमा सोमबार दिउँसो मन्त्री रावलसँग भेटवार्ता गरेका हुन् ।
उनीहरुबीच सङ्घीय प्रहरी ऐन नबन्दा भएका समस्या, सुदूरपश्चिमको विपत र उद्धार, प्रहरीका भौतिक पूर्वाधार निर्माण, शान्ति सुरक्षा, साइवरसम्वन्धी तालिम र लागु पद्धार्थ सेवनको नियन्त्रणबारे छलफल भएको बताइएको छ ।
मन्त्री डा. रावलले प्रहरीको क्षमता वृद्धि, भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दा महालेखाले प्रश्न उठाउने गरेको कुरा सो अवसरमा प्रहरी महानिरीक्षकलाई बताएका थिए ।
Leave a Reply