Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आईओसीले पठायो इन्धनको नयाँ मूल्यसूची, लिटरमै १६ रुपैयाँले घट्यो डिजेल

    आईओसीले पठायो इन्धनको नयाँ मूल्यसूची, लिटरमै १६ रुपैयाँले घट्यो डिजेल

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । भारतीय आयाल कर्पोरेसन (आइओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

    भारतीय आयल कर्पोरेसन आईओसीबाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो ।



    अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले मुल्य घटाएको थिएन । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ ।



    यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगमले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार