Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्रोत नखुलेको साढे १२ लाखसहित भारतीय नागरिक पक्राउ

रूपन्देही । रूपन्देहीबाट स्रोत नखुलेको १२ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालयको टोलीले भारतको उत्तर प्रदेश महाराजगञ्ज जुगौली बस्ने ४६ वर्षीय आशिष साहुलाई पक्राउ गरेको हो।

लु ६ प ७१२९ नं .को मोटरसाइकलमा सवार साहुलाई शंका मानी चेक गर्दा उनको साथबाट स्रोत नखुलेको

१ हजार दरका १ हजार १ सय थान र ५ सय दरका ३ सय थान गरी कुल १२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077