Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसमा थुप्रै नेता प्रधानमन्त्रीका लागि सक्षम छन् : विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको बताएका छन् ।

झापाको धुलाबारीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले भने यस्तो बताएका हुन् । ५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहास छ। गगनलाई आफूले भावी प्रधानमन्त्रीका लागि समर्थन गर्नु अनौठो नभएको उनले प्रस्टाए।

कांग्रेसमा गगन मात्र होइन थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य र सक्षम भएको शर्माले बताए।

महामन्त्री शर्माले नेता शेखर कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेर अगाडि जाँदा पार्टीलाई हित हुन्छ भने कसैले असहज मान्न नहुनेमा जोड समेत दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077