Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मैले भावी प्रधानमन्त्रीका लागि गगनलाई समर्थन गर्नु अनौठो होइन : महामन्त्री विश्वप्रकाश

झापा । नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई आफूले भावी प्रधानमन्त्रीका लागि समर्थन गर्नु अनौठो नभएको बताएका छन् ।

गृहनगर झापाको धुलाबारीमा आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको बताएका हुन् ।

उनले सम्भावना भएको युवा देशका लागि केही गर्छु भन्ने हिम्मतका साथ आउँछ भने उसलाई समर्थन गर्नु पर्ने बताए । उनले महामन्त्री गगन हिम्मत, योग्यता र क्षमता भएका व्यक्ति भएको बताए ।

कांग्रेसमा गगन मात्र होइन थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य र सक्षम भएको उनको भनाई छ । ५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहास छ ।

'बिपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको काङ्ग्रेसको इतिहास छ', महामन्त्री शर्माले भने, 'मैले हिम्मतका साथ गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेको हुँ, एमाले, माओवादीका नेताले पनि युवालाई प्रस्ताव गर्नु भयो भने मेरो नकारात्मक टिप्पणी किमार्थ हुँदैन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077