Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • ५४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

    ५४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 879
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले नीतिगत रूपमा सहजीकरण गरेपछि प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको छ ।

    विदेशी लगानी आकर्षित गर्ने सरकारको नीति अनुसार एक वर्षको अवधिमा करिब सवा ५४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।



    उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिबद्धता वृद्धि भएको छ ।



    आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७४र७९मा बढेर ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।

    विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रमा स्वीकृति लिएका छन्।

    विदेशीले सानादेखि ठूला उद्योगमा लगानी गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिएका हुन् । पछिल्ला वर्ष अन्य देशको तुलनामा चीनको लगानी प्रतिबद्धता बढेको छ। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार