Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरूद्ध

चितवन । वर्षाका कारण लेदोसहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ ।

सोमबार बिहान चार बजे भरतपुर महानगरपालिका(२९ घुमाउनेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण दुईतर्फी रूपमा नै बाटो बन्द भएको हो ।

बाटो अवरूद्ध भएको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नौकिलोबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

टोलीले भरतपुरको सडक डिभिजन कार्यालयसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077