Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी युद्धबन्दीमाथि आक्रमण : छानबिन गर्न रुसद्वारा राष्ट्र संघलाई आमन्त्रण

एजेन्सी । रुसको कब्जामा रहेको क्षेत्रमा आक्रमणमा परि ५० जनाभन्दा बढी युक्रेनी युद्धबन्दीको मृत्यु भएको घटनाको अनुसन्धान गर्न रुसले संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ ।

युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक रहेको सोधपुछ तथा हिरासत केन्द्रमा रकेट प्रणालीबाट शुक्रवार बिहान भएको आक्रमणमा परि ५३ जना युक्रेनी युद्धबन्दीको ज्यान गएको थियो ।

आक्रमणमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

यो आक्रमणलाई लिएर रुस र युक्रेनले एक अर्कालाई दोष लगाइरहेको बेला रुसले अनुसन्धानका लागि संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको एएनआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077