जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले मिटर व्याज सरकारको लागि ठूलो चुनौती बन्दै गएको बताएका छन् ।
मिटर व्याजीविरूद्ध संघर्ष समितिको आइतबार ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् ।
उनले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीलाई कानूनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
मिटरव्याजी पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै उनले त्यस्ताविरूद्ध कडा कदम चाल्ने आश्वासन दिए ।
Leave a Reply