Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दाका फरार इन्दल महतो पक्राउ

काठमाडौं । अपहरण तथा कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको इशानाथ गाउँपालिका–३ का ४७ वर्षीय इन्दल महतो कोइरी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार ललितपुरको गुसिङगालबाट पक्राउ गरेको हो। अनुपी देवीले उनीविरुद्ध कर्तव्य ज्यान र अपहरणको कसुरमा जाहेरी दिएकी थिइन्।

पक्राउ परेका कोइरीलाई थप अनुसन्धान र कारबाहीका लागि रौतहट पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077