Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • कोरोनाका बेला पढाइ छाडेर आएका एक हजार विद्यार्थीलाई चीन फर्काइँदै

    कोरोनाका बेला पढाइ छाडेर आएका एक हजार विद्यार्थीलाई चीन फर्काइँदै

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । कोरोना महामारीका बेला पढाइ छाडेर आएका विद्यार्थीलाई चीन फर्काउन शिक्षा मन्त्रालयले करिब एक हजार जनाको सूची परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

    सन् २०१६ को ब्याचपछिका विद्यार्थीलाई मात्रै फर्काउने चीन सरकारको निर्णयअनुसार शिक्षा मन्त्रालयले सूची तयार गरेको हो । सन् २०१६ र त्यसअघिका विद्यार्थीले भने स्वेदशमै इन्टर्नसिपसहितको पढाइ पूरा गर्न पाउनेछन् ।



    शिक्षा मन्त्रालयका अनुसार पहिलो चरणमा सन् २०१७ र २०१८ का २ सय ८१ विद्यार्थी चीन फर्कने प्रक्रियामा छन् ।



    गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका बेला परराष्ट्र मन्त्रालय र भ्रमण टोलीबीच विद्यार्थीको समस्या प्राथमिकताका आधारमा समाधान गर्ने सम्झौता गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार