Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा जिम्बाब्वे विजयी

    बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा जिम्बाब्वे विजयी

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 885
    SHARES

    एजेन्सी । पहिलो टी–२० क्रिकेटमा घरेलु टोली जिम्बाब्वे विजयी भएको छ । हरारेमा गएराति भएको खेलमा जिम्बाब्वेले बङ्लादेशलाई १८ रनले पराजित गरेको हो ।

    जितसँगै ३ खेलको टी–२० शृङ्खलामा जिम्बाब्वेले १–० को अग्रता बनाएको छ ।



    टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बङ्लादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।



    जिम्बाब्वेका उस्ले माधिभेरी तथा सिकन्दर राजाले अर्धशतकीय पारी खेले । यी दुई टोलीबीच आज दोस्रो टी–२० खेल हुनेछ । त्यस्तै मङ्गलवार तेस्रो तथा अन्तिम टी–२० खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार