Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • लिभरपुलले जित्यो एफए कम्युनिटी सिल्डको उपाधि

    लिभरपुलले जित्यो एफए कम्युनिटी सिल्डको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले कम्युनिटी सिल्डको उपाधि जितेको छ।

    शनिबार किङ्स पावर स्टेडियममा सम्पन्न भएको फाइनल खेलमा सिटीलाई ३(१ गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।



    आइतबार भएको खेलमा टोलीलाई जित दिलाउने क्रममा खेलको २१ औं मिनेटमा लिभरपुलका ट्रेन्ट एलेक्जान्डर अर्नल्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

    तर, खेलको ७० औं मिनेटमा जुलियन अल्भारेजले बराबरी गोल फर्काएका थिए। ८३ औं मिनेटमा पेनाल्टीमार्फत मोहम्मद सलाहले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए।

    खेलको इन्ज्युरी समयमा डार्विन नुएजले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार