Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युजिल्याण्डका ३२ अधिकारीलाई रुस प्रवेशमा अनिश्चितकालका लागि रोक

एजेन्सी । रुसले ३२ जना न्यूजील्याण्डका अधिकारीहरूलाई कालो सूचीमा राखेको छ ।

रूसी विदेश मन्त्रालयले शनिबार ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय स्टप-लिस्टमा थपेको हो ।

'न्यूजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रिया स्वरूप ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय स्टप-लिस्टमा थपेको,' मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ प्रतिबन्धित अधिकारिहरूमा नगरपालिकाका प्रमुखहरू, कानुन प्रवर्तन एजेन्सीका अधिकारीहरू र पत्रकारहरू रहेको मन्त्रालयले जनाएको छ। ती व्यक्तिहरूलाई रुस प्रवेशमा अनिश्चितकालका लागि निषेध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077