Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राहदानी बनाई दिने भन्दै रकम लिई ठगी गर्ने चारजना पक्राउ

काठमाडौं । राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो पनि रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बिभिन्न ब्यक्तिहरुको नाउँमा भरिएको अनलाइन फारम ३२ थान, ल्यापटप ३ थान, एउटा प्रिन्टर, मोबाइल ३वटा बरामद गरिएको छ ।

उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट दिन चार दिनको म्याद थप अनुमति प्राप्‍त गरी प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै, उनीहरुले अन्य ब्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने अवस्था देखिएको हुँदा सो सम्बन्धमा पीडितहरू भए प्रहरी बृत्त कालीमाटीमा जाहेरी दिन हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077