Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपाल र ‘गाई’ चिन्हमा भावनात्मक सम्बन्ध छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिन्हमा भावनात्मक सम्बन्ध रहेको बताएका छन्।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राप्रपा नेपालले गाई चुनाव चिन्ह पाउने भएपछि उनले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रजातन्त्रमा दलको महत्व रहन्छ, चुनाव चिन्हसँग सम्बन्धित दलको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ। त्यो भावना कुण्ठित हुँदा स्वभावतः प्रजातान्त्रिक मान्यतासमेत कमजोर हुन पुग्छ। यो वास्तविकतालाई सम्मानित सर्वोच्च अदालतको २०७९ साल साउन ८ गतेको अन्तरिम आदेशमा समेत स्विकार गरिएको छ।’

निर्वाचन आयोगले यथासम्भव राजनीतिक दलहरूलाई सहयोग गर्ने तथा दलहरूलाई सहज हुने ढंगबाट कार्य गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077