Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिलालाई बाँधेर लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौं । चाबहिलको सरस्वती नगरमा ५४ वर्षीय महिलालाई बाँधेर लुटपाट गरिएको घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र प्रहरी वृत्त, गौशालाको संयुक्त टोलीले घटनामा संलग्न जोरपाटीका भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका कल्याणकुमार सुवेदी, कविर कुँवर र उत्तम तामाङलाई पक्राउ गरेको हो ।

सुनभागा टोल नजिक बस्ने एक महिलालाई उनीहरूको समूहले कुटपिट गरेर लगाएको सुरुवालसमेत खोलेर त्यसैले बाँधेर लुटपाट गरेको थियो ।

उनका साथबाट कानको बाला, सुनको सिक्री, घडी, मोबाइल र नगदसमेत लुटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077