Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सशस्त्र प्रहरीद्धारा ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद

    सशस्त्र प्रहरीद्धारा ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1K
    SHARES

    वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।

    वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।



    विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणले जनाएको छ ।



    सशस्त्र प्रहरीका अनुसार ट्रकमा बिलबिजकमा उल्लेख गरिएको भन्दा फरक इलेक्ट्रोनिक्स सामान, औषधीलगायतका सामग्री थियो ।

    ट्रकको मुल्य ३० लाख रुपैयाँ र सामग्रीको मुल्यांकन ६० लाख ७५ हजार ४ सय १६ रुपैयाँ गरिएको छ । सामग्री सहितको ट्रक सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार