Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्पति आर्जन गर्न विदेशीको इशारामा नागरिकता विधेयक पास भयो : चित्रबहादुर केसी

रुपन्देही । सत्ता गठबन्धन ५ दलीय मोर्चामा रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा सुरु भएको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै वास्तविक नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने र गैरनेपालीलाई नागरिकता दिनै नहुने बताएका हुन् ।

विदेशीलाई नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको उनले बताए ।

संसदबाट नागरिकता विदेश पास भएपछि नेपालको अस्तित्वमाथि प्रश्नचिन्ह खडा भएको बताउँदै सत्तामा बसेर हालीमुहाली गरेर पुस्तौ पुस्तालाई सम्पति आर्जन गर्न विदेशीको इशारामा नागरिकता विधेयक सदनबाट पास भएको केसीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077