Online Nepal
  • बुधबार, ३ पुष २०८१
  • संसदीय समितिको निष्कर्ष – सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना गरेन

    संसदीय समितिको निष्कर्ष – सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना गरेन

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 987
    SHARES

    काठमाडौं । संसदीय विशेष समितिले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको छ ।

    करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मगाएको थियो । तर, १३ दिनमा डिलिट भएको जवाफ पाएको थियो । डिलिट भएको सीसीटीभी फुजेट रिकभर गर्दा पनि प्रष्ट नभएको समिति सदस्यहरुले बताएका थिए ।



    साथसाथै सिंहदरवार प्रवेश गर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी पनि मगाएको थियो । गृह मन्त्रालयले पनि १६ दिनमा सीसीटीभी फुटेज स्टोरेज रहने भनेको थियो ।



    यही परिवेशमा समितिले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार