Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

अर्घाखाँची । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

शितगंगा नगरपालिका वडा नम्बर–८, सातमाराको सुपादेउराली मन्दिरमा बसेर लागुऔषध सेवन गरिरहेका दाङको राप्ती गाउँपालिकाका २८ वर्षीय सन्तोष केसी, सोही ठाउँका २४ वर्षीय खुम बहादुर केसी र २२ वर्षिय रोशन श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर ६० मिली ग्राम, लागुऔषध सेवन गर्दा प्रयोग गरिने ब्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय ठाडा र अस्थायी प्रहरीचौकी सातमाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई लागुऔषध मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077