एजेन्सी । इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएका छन् ।
मानव अधिकार परोपकारी संस्थाले यसबारे जानकारी दिएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत हप्ता मात्रै मृत्युदण्ड दिइएका ३२ जनामा यी पनि समावेश छन् १५ वर्षको उमेरमा विवाह गरेकी बाल दुलहीलाई पनि श्रीमानको हत्या आरोपमा मृत्युदण्ड दिइएको छ ।
इरानले अन्य देशको तुलनामा धेरै महिलालाई मृत्युदण्ड दिने गरेको विभिन्न अधिकार समूहले बताउने गरेका छन् ।
तीमध्ये धेरैलाई श्रीमानको हत्यामा दोषी ठहर गरिएको छ । बुधवार मृत्युदण्ड दिइएका अन्य दुई महिलालाई पनि आफ्ना श्रीमानको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो, उक्त समूहले बताएको छ ।
Leave a Reply