Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • संसदमा आज एसपीपीबारे परराष्ट्रमन्त्रीले जवाफ दिने

    संसदमा आज एसपीपीबारे परराष्ट्रमन्त्रीले जवाफ दिने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदमा र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

    सरकारले गत असार ६ गते एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।



    निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन पाँच गते सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए ।



    सोही रुलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार