Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इन्जिनमा समस्या आएपछि यति एयरको विमान पुनः पोखरा फर्काइयो

पोखरा । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

यती एयरलाइन्सका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको हो ।

बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । इन्जिनियरहरुले जहाजको जाँच थालेको एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077