Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : सभामुखलाई प्रतिवेदन बुझाउँदै संसदीय छानबिन समिति

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने भएको छ ।

सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदन समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने छ ।

समितिले पूर्व अर्थमन्त्री शर्मासहित अर्थमन्त्रालयका अधिकारीसँग जाँचबुझ, सीसीटीभी फुटेजको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्दै संसदले छानबिन समिति गठन गरेको थियो ।

शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए। सोही दिन छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लागि थपिएको छ। समितिको पहिलो पटकको म्याद साउन ५ गते सकिएकोमा पुनः ७ दिनका लागि थप गरिएको थियो । समितिको म्याद बिहीबारसम्म रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077