Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • लुको उच्चस्तरीय भेटवार्ता आज, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्दै

    लुको उच्चस्तरीय भेटवार्ता आज, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज राजनीतिक भेटवार्ता गर्दै छन् ।

    बिहीबार काठमाडौं आइपुगेका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन् ।



    यसअघि हिजो साँझ लूले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए । लुले बिहीबारै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका छन् ।



    साथै लूले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र एसपीपीबारे नेपालको धारणा पनि बुझ्ने बताइएको छ । सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाडौं उत्रिएका हुन् ।

    यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । लु गत मंसिरमा पनि नेपाल आएका थिए । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै उनी नेपाल आएको आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार